नेपाल समाचारपत्र, काठमाडौँ ।
हिलो र धुलो मानौँ, राजधानीको पहिचानै भएको छ । वर्षामा यहाँका सडक र गल्लीमा हिलो कुल्चँदै सवारी साधन र पैदलयात्री हिँडिरहेका हुन्छन् भने हिउँदमा धुलोको प्रकोप खपिनसक्नु हुन्छ ।
जब पानी पर्न थाल्छ जोरपाटी–नारायणटार क्षेत्रका धेरै स्थानीयको निन्द्रा हराउँछ । कारण उही हो, डुबान । लथालिंग सडकमा अस्तव्यस्त नाली छन् ।
पानी पर्ने बित्तिकै ढल आएर घरघर छिर्न खोज्छ ।पानी परेसँगै जलमग्न भएर हैरान पार्ने गरेको देखिएको छ ।
पानी परेको छिनभरमै सडकमा ठुलो हिलो जम्मा हुनुका साथै भलै बग्ने गरेको त्यहाँका स्थानीयहरुको गुनासो छ ।
तस्विरः मोनीका मल्ल, काठमाडौं
प्रतिक्रिया