मुख्यमन्त्रीद्वारा रुकुम दुर्घटनामा दुःख व्यक्त


काठमाडौँ ।
प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार रुकुमपूर्वमा भएको सवारी दुर्घटनामा परी यात्रुको मृत्यु भएकामा दुःख र मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सदरमुकाम रुकुमकोटबाट धौलापैरातर्फ जाँदै गरेको लु १ ज २५७३ नंको जीप बुधबार अपराह्न सिस्ने गाउँपालिका–५, धार्पानीमा दुर्घटना हुँदा सात जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका थिए ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।