थारु भाषालाई कामकाजी भाषा बनाउन सांसदहरुको जोड



यमलाल भुसाल, बुटवल ।
प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश सभाका थारु सदस्यहरुले थारु भाषालाई कामकाजी भाषा बनाउन स्थानीय तहबाट प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

गुर्बाबा एफ.एम. बर्दियाले बुधबार बुटवलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थारु सभासदले यस्तो कुरामा जोड दिएका हुन् । थारु समुदायको भाषा, धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नको लागि सरकारी स्तरबाटै थारु भाषा थारु बहुल्यता क्षेत्रमा लागु गर्नुपर्नेमा माग समेत गरेका हुन् ।

यस्तै बक्ताहरुले थारु जातीमा मात्रै लाग्ने सिकलसेल एनिमियाको पहिचान उपचारका साथै त्यसको क्षतीपुर्तिको लागि पहल गर्ने जनाएका छन् । उनिहरुले सिगेलसेललाई प्रदेश सरकारले छुट्टाईएको १ करोड बजेड प्रायाप्त नभएको भन्दै यसलाई अझ थाप्दै जानु पर्ने बताए ।

प्राचिन सृजनशिल आदिबासी समाज बर्दियाका उपाध्यक्ष रामलौटन थारुको अध्यक्षतामा भएको अन्र्तरक्रिया कार्यक्रममा प्रदेश ५ का उपसभामुख कृष्णी थारु प्रदेश सभा सदस्यहरु कबीराम थारु, तुलसी चौधरी, दीपेश थारु, भुबनेश्वर चौधरी, इन्द्रजित चौधरी, धमकली चौधरी, पुष्पा थरुनी, तीलक शर्मा, कुलप्रसाद पोखरेल, थारु पत्रकार संघका केन्द्रीय सदस्य कमल चौधरी लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्