त्रिशुली जलबिद्युत केन्द्रमा भीषण आगलागी, आगो नियन्त्रण बाहिर

0
Shares

नुवाकोट । नुवाकोटको त्रिशुली जलविधुत केन्द्रमा भीषण आगलागी भएको छ । केहीबेर अघि सुरु भएको आगो नियन्त्रणबाहिर गएको छ । आगो निभाउनका लागि दमकलको प्रयोग असम्भव भएपछि ग्यासको प्रयोग गरेर नियन्त्रणको प्रयास भैरहेको नुवाकोटका एसपी बसन्त कुँवरले जानकारी दिनुभयो ।

घटनास्थलमा भएका एसपी कुवँरका अनुसार आगो नियन्त्रणका लागि आग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । जलविद्युत केन्द्रको ब्रेकरमा आगलागी भएको जनाइएको छ । आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।