फैजको कवितांश ‘हम देखेंगें‘का कारण विवाद


पुणे (एजेन्सी)
पाकिस्तानका प्रख्यात सायर फैज अहमद फैजको क्रान्तिकारी कविता ‘हम देखेँगे‘ भारतको पुणे स्थित राष्ट्रिय फिल्म तथा टेलिभिजन इन्स्टिच्युट (एफटीआईआई)मा विवादको कारण बनेको छ ।

एफटीआईआई क्याम्पसको होस्टलका दुई छात्रलाई उक्त मुद्दामा निस्कासन गर्ने सुचना जारी गरेको अधिकारीहरुले बताएका छन् । ती दुई विद्यार्थीले क्याम्पसको पर्खालमा ‘हम देखेंगें‘ लेखेका थिए । यसलाई प्रशासनले धम्कीका रुपमा बुझेका थिए । प्रशासनले यसलाई ‘तोडफोड‘ तथा भित्ता बिगारेको बताएका छन् ।

एफटीआईआई विद्यार्थी युनियनका महासचिव रोहित कुमारले सन्चार माध्यमलाई भने– हिजो पुरै दिन धर्ना र बार्तापछि प्रशासनले सुचना फिर्ता लिएको र पुन यसतो घटना दाहोरिएमा क्षमा नदिने भनेका छन् ।

प्रशासनले सुरुमा लिखित माफी माग्न र भित्तामा बनाइएका ग्राफिटीमा सेतो रङ लगाएपछि मात्र कारवाहीको सुचना फिर्ता लिने कुरा राखेको उनले बताए ।

विद्यार्थीले भने उनीहरुले कुनै गल्ती नगरेको र यस प्रकारको सुचना उनीहरुको अभिब्यक्तीको स्वतन्त्रतामाथि रोक लगाउने प्रयास भएको बताए ।

स्थानिय अखबार ‘पुणे मिरर‘ले होस्टल निस्कासित गरिएका दुई छात्रमा एक केरल र अर्को पश्चिम बंगालको भएको उल्लेख गरिएको छ ।

ती दुई विद्यार्थीमध्य एक इन्डियन एक्सप्रेसलाई आफुले फैजको कविताको एक लाइन लेखेको बताएका थिए । उनले भनेका छन्– यो कबिताले मलाई अत्यन्तै प्रभावित गरेको छ र यो लेख्नुको उद्देश्य कुनै प्रकारको विरोध होइन । तर प्रशासनले यसको गलत अर्थ निकाले र हामीले क्यान्टिनको नविकरण विरुद्ध काम गरेको सम्झे ।

उक्त संस्थाका निर्देशक भुपेन्द्र क्याथोलाले ती दुई छात्रले एफटीआईआईको नयाँ बनेको क्यान्टिनका पर्खाल र ढोकामा ग्राफिटी बनाएको बताए । उनीहरुले उक्त काम राती लुकेर गरेको र सुरक्षाकर्मीले रोक्दा पनि नरोकेकोले त्यसतो गतिविधि स्विकार्य नहुने उनले बताए ।

रोहित कुमारले यो एफटीआईआईको मात्र समस्या नभएर देशभरीका शिक्षण संस्थानहरुमा अभिब्यक्ती स्वतन्त्रताको वातावरणलाई कम गर्ने र यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । कविताको कुनै एक लाइनलाई लिएर कसैलाई समस्या हुन नपर्ने उनले बताए ।