गैडाको शिकार गर्न गएका तीन शिकार शेरको आहार


जोहानेसबर्ग (एजेन्सी) ।
दक्षिण अफ्रिकामा एक वन्यजन्तु आरक्षण स्थलमा गैंडाको शिकार गर्न गएका ती शिकारीलाइ त्यहाँका शेरले आफनो आहार बनाएको छ ।

ती तीनैजना सोमबार विहान सिबुया गेम रिजभ पुगेका थिए । उनीहरुले आफुसँग राइफल र बन्चरो राखेका थिए । रिजर्भका मालिक ६० बर्षिय निक फक्सले विहिबार उक्त घटनाको जानकारी दिँदै भने– उनीहरु शेरको समुह भएको स्थानमा पुगे । उनीहरुसँग धरै समय थिएन , त्यहाँ कति शेर थिए भन्न हामीलाई पनि यकिन भएन । उनीहरुको शरीरका थारैमात्र भाग बचेका छन् । त्यहाँ तीनैजनाको कपडा फेला परेको छ । मैले उक्त इलाकामा पहिला त्यस्तो भएको कहिल्यै सुनेको छुइन् ।

प्रहरीका फोरेन्सिक अधिकारी घटनास्थलमा पुगेर मृतकको अवशेषको जाँच गरिरहेको फोक्सले बताए । उनले भने– हामी बुधबार गएका थियौंं । हामीले सबै शेरलाई एनेस्थिसिया दिनका लागि पशु चिकित्सकहरुलाई बोलायौं । मलाई लाग्छ हामी भाग्यशाली थियौं । शिकारी गैंडालाई आपनो शिकार बनाउनु पहिल्यै शेरले उनीहरुलाई आफनो शिकार बनाए । हामीले सन् २०१६ मा तीन गैंडा गुमाएका थियौं ।

शिकारका कारण अफ्रिकाको जंगलमा २५ हजार गंैडा मात्र बचेका छन् । चीन, भियतनाम र अन्य एसियाली देशमा गैंडाको हड्डीको मांग रहेकोले उनको शिकार हुने गरेको छ । उक्त घटनाका वावजुद रिजर्भ पर्यटकका लागि खुला राखिने फोक्सले बताए । उनले भने– त्यहाँ अन्य दिनहरुमा जस्तै काम भइरहेको छ, यसलाई लिएर हामीले केहि परिवर्तन गरेका छैनौं ।