एक करोडको लागतमा फिटनेश सेन्टर


दाङ ।
जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ ।

तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो । सञ्चालक कृष्ण खड्काका अनुसार फिटनेश सेन्टरमा काडियो, जिम, सोनाबाथ, सालसा जुम्बा, लकर लगायतका सुविधा रहेका छन् ।

फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । फिटनेश सेन्टरको आज तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले उद्घाटन गर्नुभयो । शारीरिक सगठनका लागि फिटनेश सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने र यो स्वास्थ्यका लागि आवश्यक भएको उहाँले बताउनुभयो ।

वरिष्ठ प्रहरी उपरीक्षक दिलीपकुमार चौधरीले सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालन हुनु सबैका लागि फाइदाको कुरा भएको बताउनुभयो । उक्त सेन्टर बिहान पाँच बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।