राजेश हमाल डोल्पामा अलपत्र



डोल्पा । अभिनेता राजेश हमाल डोल्पामा अलपत्र परेका छन्। सदरमुकाम दुनैमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सहभागी हुन असार १४ गते डोल्पा गएका उनी १५ गते जुफाल विमानस्थल पुगेकै दिनदेखि भारी बर्षाले मौसम विग्रेर नेपालगञ्ज–डोल्पा हवाई उडान ठप्प भएपछि अलपत्र परेका हुन् ।

अविरल वर्षाले जहाज उडान तथा अवतरणका लागि मौसम प्रतिकुल भएपछि हमाल मौसमी तथा प्राकृतिक नजरबन्दमा परेका छन्।डोल्पामा अझैपनि भारी बर्षा जारी रहेकाले मौसम खुल्ने र जहाज आउने टुङ्गो छैन् । कार्यक्रम सम्पन्न भएको ४ दिनदेखि उनी लगातार जुफाल विमानस्थलमा जहाज कुरेर बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्