बाजुराकोे यातायात सम्पर्क विच्छेद



दयाराम पण्डित, बाजुरा
बर्षायाम शुरु भए संगै बाजुराको सदरमुकाम मार्तडी देखि उत्तरपूर्वी क्षेत्रसंगको यातायात सम्पर्क विच्छेद भएको छ । जिल्ला सदरमुकाम सम्म कालोपत्रे बाटो भए पनि सदरमुकाम मार्तडी देखि कोल्टी सम्मको ४३ किलोमिटर सडक खण्डमा बाटो अवरुद्ध भएको हो ।

हिजोदेखिको बर्षाले गुइगाड खोलामा पानी परेपछि अहिले जिल्ला सदरमुकाम सम्मको सडक समेत अवरुद्ध भएको छ । पानी परे पछि बाटो चिप्लो हुने र ठाँउ ठाँउमा पहिरो जाने भएकाले यातायातका साधन सञ्चालन हुन नसकिरहेको यातायात ब्यवसायीहरुले बताउदै आएका छन । मार्तडी देखि कोल्टी सम्मको बाटो कालो पत्रे नभएकाले बर्षमा ६/७ महिना मात्र यातायातका साधन चल्ने र बाकी समय यातायात चल्न सक्ने

अवस्था नरहेको ब्यापारी सर्पदेव बोगटीले बताउनु भयो ।
२०५७ सालमा शिल्यान्यास भएको मार्तडी–कोल्टी सडक खण्ड हाल सम्म कालो पत्रे नभए पछि बाजुराको उत्तरपूर्वी क्षेत्रका चार वटा स्थानिय तहका जनता संगै हुम्ला र मुगुका जनता मारमा पर्ने गरेका छन । बर्षायाममा हवाइ यातायात समेत अवरुद्ध हुने र सडक यातायात समेत नचल्ने भए पछि आवत जावत तथा सामानको ओसार पोसारमा समस्या भै रहेको स्थानियको भनाई छ ।

त्यस्तै सदरमुकाम मार्तडीको त्रिबेणी सानाजलविद्युत केन्द्रको बाउली खोलाले मुहानमा बालुवा थुपार्दा बि४ुत सेवा क्षेण क्षेणमा अवरुद्ध हुनेगरेको छ । घण्टाघण्टामा बालुवा निकालेर नहरमा पानी हाल्नुपर्ने अवस्थाछ सानाजलविद्युत केन्द्रका कर्मचारी सुुर्य रावलले वताउनुुभयो ।

मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध भए पछि कोल्टीमा एकाएक दैनिक उपभोग्य बस्तु तरकारी, दाल, चामलको अभाव हुनुका साथै ग्यास लगायतका सामग्रीको अभाव भएको छ । स्थानियले खच्चडको माद्यामबाट ढुवानी गर्ने सामग्री महंगो पर्ने भएकाले उपभोक्तालाई अझ समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्