वृद्ध मृत फेला



गुल्मी, (नेस)
गुल्मीमा एक जना बृद्ध मृत फेला परेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर २ कोठडाँडा घर भएका ६३ वर्षका मानबहादुर परियार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

परियार मंगलवार जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ बिरवास स्थित तिलादी सामुदायिक बनमा फेला परेका थिए । असार १५ गते शुक्रवार घरबाट सम्पर्क बिहिन भएका परियार भिरबाट लडेर मृत्यु भएको हँुनसक्ने प्रहरी उपरिक्षक द्धिबेदीले बताए । परियारको शबलाई पोष्टमार्टमको लागि तम्घास अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्