जीविकोपार्जनका लागि रेडक्रसको सहयोग



नुवाकोट, (नेस)
‘भूकम्प प्रतिकार्य कार्यक्रम’ अन्तरगत नेपाल रेडक्रस सोसाइटी नुवाकोट र काहुले उपशाखा मार्फत किस्पाङ गाउँपालिका वडा नंं ३ काहुलेका १५१ लाभग्राहीलाई जिविकोपार्जनको लागी पहिलो किस्ता बापतको रकम उपलब्ध गराइएको छ ।

गाँउपालिकाको सिफारिसमा आर्थिक अबस्था कमजोर भएका, विपन्न बर्ग लगायतका लक्षित बर्गर्लाइ विविकोपार्जन मार्फत आर्थिक अबस्था सुधारको लागी उपलब्ध गराउने ४० हजार रुपैयाँ मध्ये पहिलो किस्ता बापतको १५ हजार रुपैयाँ गाँउपालिकाको कार्यालयबाट वितरण गरिएको रेडक्रस काहुले उपशाखा सदस्य रबिन्द्रनाथ न्यौपानेले जानकारी दिनुभयो ।

भूकम्प पीडित लाभग्राही सहित कमजोरबर्गको रुपमा रहेका लक्षित बर्गले विविकोपार्जनको लागी कुखुरा र बाख्रा पालन, सिलाईबुनाई, तरकारी खेती लगायतको लागी पहिलो किस्ता बापत पूरा गर्नुपर्ने संरचना निर्माण गरेसगै १५ हजार रुपियाँ नगद उलब्ध गराइएको छ । बाँकी रकम जिविकोपार्जनको लागी छनोट भएको कार्यक्रमको तोकिएको मापदण्ड पूरा भएपछि उपलब्ध गराउने बताइएको छ ।

नगद वितरण कार्यक्रममा किस्पाङ गाँउपालिका प्रमुख छत्रबहादुर लामा, रेडक्रस नुवाकोट शाखा सभापति सुरतबहादुर चित्रकार, काहुले उपशाखा सभापति क्षेत्रबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्