गंगामायाको अवस्था गम्भिर



काठमाडौ (नेस) । एक महिनादेखि आमरण अनसनरत सत्याग्रही गंगामाया अधिकारीको खस्किदो स्वास्थ्य अवस्थाप्रति मानव अधिकार तथा शान्ति समाजले चिन्ता जनाएको छ ।

शान्ति समाजका सभापति डा.गंगाधर अधिकारीको नेतृत्वमा महासचिव उत्तम पुडासैनी, काठमाडौं जिल्ला सभापति रामकृष्ण बराल, बिभागीय संयोजक बाबुराम न्यौपाने तथा शान्ति समाजका सदस्य सुर्य केसी सम्मिलित प्रतिनीधि मण्डलले अपरान्ह गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुग्दा उहाँको स्वास्थ्य अवस्था गम्भिर हुँदै गैरहेकाले उहाँसंगको भेटघाटमा बन्देज लगाईएको जानकारी दिईएको थियो ।

१३ वर्षअघि भएको छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नहरुलाई कारबाहीको माग गर्दै एक महिनादेखि आमरण अनसनमा बस्नुभएकी सत्याग्रही अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकोप्रति शान्ति समाजको ध्यानाकर्षण भएको जनाएको छ ।

सत्याग्रही गंगामाया अधिकारीको खस्कँदो स्वास्थ्य अवस्थाप्रति गम्भिर बन्दै उनको जीवन रक्षाका लागि सम्बेदनशील बन्न मानव अधिकार तथा शान्ति समाज सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्