सट्टेवाजी गर्ने पक्राउ



काठमाडौं(नेस) । हाल भइरहेको विश्व कप फुटवल प्रतियोगितामा विभिन्न फुटवल टीमको हारजितमा विभिन्न व्यक्तिहरुसंग नगद लाभ लिने दिने गरी अवैध रुपमा सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१६ म्हैपी बालाजु बस्ने प्रकट महर्जन, काठमाडौं महानगरपालिका–२० रामघाट बस्ने रेजिन महर्जन र काठमाडौं महानगरपालिका–१५ चागल बस्ने सुजेन शाही रहेका छन् ।

उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका–१५ बज्रहोटल नजिकबाट नगद ६ लाख ९९ हजार रुपैयाँ र उनीहरुले प्रयोग गर्दै आएको मोवाईल ४ थान सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्