डीएभी स्कूलमा प्रदर्शनी सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक मञ्चको व्यवस्था गर्ने आशयका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय ललित कला प्रदर्शनी सम्पन्न भएको छ । ‘स्प्ल्यास अफ कलर्स’ शीर्षक रहेको प्रदर्शनीले सामुदायिक स्कुलका विद्यार्थीलाई आफ्नो कला प्रस्तुत गर्न थप ऊर्जा प्रदान गरेको आयोजकको दाबी छ ।

डीएभी स्कूलद्वारा आयोजित उक्त कार्यक्रममा चार सामुदायिक विद्यालयका २२ विद्याथी (टीका विद्याश्रम मावि, सचेतना प्राथमिक विद्यालय, म्यारी वार्ड स्कुल र कीर्र्ति माध्यमिक विद्यालय ) कासाथै डीएभी स्कूलका ७८ जना र भारतका चार विभिन्न विद्यालयबाट विद्यार्थी सहभागी रहेका थिए ।

कार्यक्रममा सिर्जना कलेज अफ फाइन आर्टस्का क्याम्पस प्रमुख तथा वरिष्ठ कलाकार मदन चित्रकारले बालबालिकालाई ललित कलालाई पनि अन्य पेशाजस्तै आफ्नो पेशाको रुपमा अगांल्न प्रोत्साहन गर्नुभयो ।

डीएभी स्कूलका सह–प्रध्यानाध्यापक राम चन्द्र खनालको अध्यक्ष्यतामा सम्पन्न उक्त २ दिने कार्यक्रममा विद्यार्थीहरुको चित्रकलालाई प्रोत्साहन गर्न उनिहरुले बनाएका चित्रहरुलाई प्रर्दशनी साथ–साथै दर्शकहरुले मन पराएको खण्डमा किन्न पाउने व्यवस्था पनि गरिएको थियो ।