जेसीबीका ग्राहकले प्लान्ट भ्रमण गरे

0
Shares

काठमाडौं, (नेस)

नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले आफ्नो ग्राहकलाई चार दिने जेसीबी प्लान्ट भ्रमणको आयोजना गरेको छ ।

नेपाली ग्राहकको टोलीलाई भारतको पुणेस्थित जेसीबी प्लान्टको भ्रमण गराइएको हो । भ्रमणका क्रममा जेसीबीका ग्राहकले कसरी स्टिलबाट मेसिन बनाइन्छ ?, प्रोफिलिङ, लेजरकटिङ, वेल्डिङ र पार्टस्को एसेम्ब्ली गरेर कसरी जेसीबी मेसिन तयार पारिन्छ ? भन्ने निरीक्षण गरेका थिए । उनीहरुले जेसीबी एस्काभेटरको रेन्जको निर्माण प्रक्रियाको पनि अवलोकन गरेका थिए । जेसीबीले तीनदेखि ३८ टनसम्मको एस्काभेटरको उत्पादन गर्दै आएको छ ।

ग्राहकले पुने प्लान्टसहित खन्डला र मुम्बईको समुद्र क्षेत्रको पनि अवलोकन गरेका थिए । भ्रमणमा सहभागी ग्राहकले जेसीबीको प्लान्टको भ्रमण निकै फलदायी र स्मरणीय भएको बताए । उनीहरुले संसारकै प्रतिष्ठित ब्रान्डसँग आबद्ध हुन पाउनु र देशविकासमा सहभागी हुनपाउनुमा गौरव महसुस गरेको पनि बताए ।

भक्तपुर इ“टाभटा संघका अध्यक्ष तथा जेसीबीका ग्राहक नातिकाजी ह्योम्बाले प्लान्टमा कसरी ठूल्ठूला मेसिन उत्पादन गरिन्छ भन्ने हेरेर दंग परेको बताए । ‘यहा“को प्रविधि देखेर नेपालमा मैले प्रयोग गरेका जेसीबी मेसिनमाथि झन् विश्वास बढेको छ । मलाई खुशी लागेको छ कि मैले जेसीबीलाई रोजेँ ,’ उनले भने ।

जेसीबी संसारकै ‘टप थ्रि’ हेभी इक्विेमेन्ट निर्माता कम्पनीमध्ये पर्छ । चार महादेशमा फैलिएको जेसीबीको सञ्जालमा १२ हजार कर्मचारी आबद्ध छन् । जेसीबीका मेसिनहरु दुई हजार डिलरमार्फत एक सय ५० देशमा बिक्री वितरण हुने गर्छ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । नेपालको अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।