पाटन कलेज फर प्रोफेसनल स्टडिजका विद्यार्थी दीक्षित

0
Shares

काठमाडौं, (नेस)
पाटन कलेज फर प्रोफेसनल स्टडिजको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलमा रहेको पाटन कलेज फर प्रोफेसनल स्टडिज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेज हो ।

दीक्षान्त समारोह पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो दीक्षान्त समारोहमा क्याम्पसका बीएससी आनर्स, कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका २० जना विद्यार्थी दीक्षित भएका थिए ।

दीक्षान्त समारोहमा बोल्दै प्रमुख अतिथि नेपालले दीक्षित विद्यार्थीलाई बधाई दिँदै उनीहरुको उज्जवल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी क्याम्पसका अध्यक्ष पंकज जालानले स्वागत मन्तव्य दि“दै दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना दिनुभयो ।

कलेजका संस्थापक परमानन्द केजरीवाल, विश्वविद्यालय सहउपकुलपति डा. अशरफ जावेदले विद्यार्थीलाई दीक्षित गराउनुभएको थियो ।

। युनिभर्सिटी अफ बेडफोरसायर टाइम्स युके रैकिङ अनुसार विश्वको ६०० देखि ८०० स्थानको बीचमा पर्छ ।