नेप्स उपाधि ग्लोबल आइएमइलाई

0
Shares

काठमाडौं (नेस)
नेप्समा आबद्ध बैंक तथा वित्तीय संस्थाबीच सुमधुर सम्बन्ध कायम गर्न शुरु गरिएको नेप्सको दोस्रो फुटसल रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ग्लोबल आइएमई बैंकले विजय प्राप्त गरेको छ र उपविजेता कुमारी बैंक लिमिटेड बनेको छ ।

उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका राजेश केसी, उत्कृष्ट गोलरक्षकमा कुमारी बैंक लिमिटेडका सर्वेशमान शाक्य र सर्वाधिक गोलकर्तामा कुमारी बैंकका अर्विन श्रेष्ठले ११ गोल गर्दै सम्मान प्राप्त गरेका छन् । उक्त प्रतियोगितमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रविन नेपालले विजय बैंक तथा खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।

१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवम् सञ्चालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सेक्यूरिटी स्ट्यान्डर्ड र पीसीआई पिन प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हु“दै आइरहेको छ । कम्पनीले १३ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ र स्विचिङको सेवा समेत प्रदान गर्दै आईरहेको छ ।