लेखापरीक्षण संस्थाको क्षमता अभिवृद्धिका लागि कार्यशाला

0
Shares

काठमाडौं, (नेस)
भ्रष्टाचार निवारण सम्बन्धमा संस्थागत व्यवस्थाको कार्यमूलक लेखापरीक्षण गर्न तथा सर्वोच्च लेखापरीक्षण संस्थाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंमा ११ दिन कार्यशाला गोष्ठी आयोजना भएको छ।

सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय संगठन (इन्टोसाई) अन्तर्गतको इन्टोसाई डेभलपमेन्ट इनिसियटिभ (आईडीआई) ले काठमाडांैमा आयोजना गरेको ‘साई फाईटिङ करप्सन’ कार्यशाला गोष्ठी सोमबारबाट शुरु भएर असार २९ गतेसम्म चल्नेछ ।कार्याशालामा गोष्ठीमा बोल्दै महालेखापरीक्षक टंकमणि शर्माले भ्रष्टाचार राष्ट्रको लागि गम्भीर अपराध भएको र यसले आर्थिक समृद्धि, समानता एवम् सामाजिक न्यायमा बाधा पु¥याउने धारणा राख्नुभयो । भष्ट्राचारले लगानीको वातावरण कमजोर पार्ने र नागरिकहरुको आधारभूत अधिकार प्राप्तिलाई अवरोध गर्ने उहा“ले बताउनुभयो ।

भ्रष्टाचार निवारणमा सर्वोच्च लेखापरीक्षण संस्थाहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने विषयमा चर्चा गर्दै सर्वोच्च लेखापरीक्षण संस्थाहरुले निष्ठा, इमान्दारिता, जवाफदेहीता, पारदर्शिताको प्रदर्शन एवम् प्रवद्र्धन गरी अन्य सरकारी निकायहरुको लागि उदाहरणीय बन्नुपर्ने महालेखा परीक्षक शर्माको भनाइ छ । उहा“ले महालेखापरीक्षकको कार्यालको रणनीतिक योजना, कार्य सञ्चालन योजना र महालेखापरीक्षकको कार्य योजनाले उच्च जोखिम रहेको क्षेत्रलाई लेखापरीक्षणमा प्राथमिकता दिनुका साथै निकायको नेतृत्वको लेखापरीक्षण समेत शुरुवात गरेको बताउनुभयो ।

त्यसैगरी आईडीआईले इन्टोसाईको सदस्य लेखापरीक्षण संस्थाबीच ज्ञान, सीप तथा अन्तर्राष्ट्रिय असल अभ्यास बारे जानकारी गराई सर्वोच्च लेखापरीक्षण संस्थाको क्षमता विकासमा गरेको योगदानको शर्माले प्रशंसा गर्नुभयो ।

सो अवसरमा आईडीआईका क्षमता विकास प्रबन्धक अलेन रोजर मेम्भु लिन्डोउले सर्वोच्च लेखापरीक्षण संस्थाकोे क्षमता विकास गर्ने सम्बन्धमा आईडीआईको उद्देश्य, क्षेत्र तथा भावी कार्यदिशा बारेमा जानकारी गराउनु भएको थियो । यस कार्यक्रमले भ्रष्टाचार न्यूनीकरण गर्न लेखापरीक्षण प्रणालीको लागि आवश्यक सुझाव प्रस्तुत गर्ने जानकारी दिनुभयो ।