नौबिसेमा खुल्यो एग्रो रिसोर्ट

0
Shares

नेपाल समाचारपत्र, धादिङ
धादिङको नौबिसेमा अर्गानिक रिसोर्ट सञ्चालनमा आएको छ। नौबिसे एग्रो रिसोर्ट नाम दिइएको रिसोर्ट हालै धुनिवेंशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र अभिनेत्री सञ्चिता लुईंटेलले संयुक्तरुपमा औपचरिक शुभारम्भ गर्नुभयो ।

रिसोर्टको शुभारम्भ गर्दै मेयर आचार्यले विविधताले भरिएको धादिङमा अर्गानिक सेवा र सुविधाका साथ रिसोर्ट सञ्चालनमा ल्याइनु सुखद् पक्ष भएको चर्चा गर्नुभयो । उहा“ले स्थानीय क्षेत्रलाई प्रोत्साहित गर्न नगरपालिकाले रिसोर्ट औपचारिकरुपमा सञ्चालनमा आउनुअघि नै नगरपालिकाका विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहा“ले रिसोर्टका साथै स्थानीयलाई माथि उकास्न बाटो घाटोदेखि अन्य भौगोलिक सुविधाका लागि नगरपालिका प्राप्त अधिकारको उपयोग गर्दै सहकार्य गरेर अगाडि बढ्न तयार भएको बताउनुभयो ।

त्यस्तै नायिका लुईंटेलले अहिलेको समयमा अर्गानिक वस्तु र परिकारको सुविधाका साथ रिसोर्ट सञ्चालनमा ल्याइएकोमा खुशी व्यक्त गर्दै रिसोर्टमा स्थानीयलाई रोजगारी दिनुपर्नेमा जोड दिनुभयो। कर्यक्रममा नेपाली कांग्रेस धुनिबेंसीका सभापति दीपेन्द्र पाठकले आप्mनो क्षेत्रमा सञ्चालनमा आएको उद्योग, कलकारखाना तथा होटललाई हरेक तह र तप्काबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो भने होटल व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार लीलाप्रसाद ढकालले नौबिसे क्षेत्रमा पहिलोपटक स्तरीय रिसोर्ट सञ्चालनमा आएको बताउनुभयो।

रिसोर्टका अध्यक्ष खिमानन्द बस्यालले नौबिसेलाई पर्यटकीय हब बनाउने सोचले रिसोर्ट सञ्चालनमा ल्याइएको तथा आगामी दिनमा यस प्रकारको अन्य सुविधायुक्त रिसोर्ट र होटल सञ्चालनमा आउनुपर्ने र त्यसले नौबिसेको प्रचार प्रसार तथा प्रवद्र्वनमा टेवा पुग्ने चर्चा गर्नुभयो।
रिसोर्टका निर्देशक बालकृष्ण पोखरेलले काठमाडौंको कोलाहलबाट मुक्त भई शान्त र मनोरम परिवेशमा रम्न चाहनेका लागि धुनिबेंसीमा रिसोर्ट सञ्चालनमा ल्याइएको बताउनुभयो।

उनका अनुसार रिसोर्टमा केही समयपछि नै रिसोर्ट कम्पाउण्डमै फलेका अर्गानिक फलफूलका साथ सागलगायतका तरकारीदेखि लिएर गाईभैंसीका दूधसम्म सेवन गर्न पाइनेछ। ‘अबको केही समयपछि नै तपाईंहरुलाई यही“ उमारिएको र फलाइएको फलपूmलदेखि तरकारीसम्मबाट स्वागत गर्नेछौ“। तपाईंकै अगाडि दुहेको दूध पिलाउनेछौं,’ पोखरेलले भन्नुभयो । पारिवारिक वातावरणका साथ सेवा प्रदान गरिने भनिएको रिसोर्टमा हाललाई ८ आरामदायी शयन कक्षका साथमा सेमिनार र सभा हल, रेष्टुरा“, गार्डेन रेष्टुरा“ र बारको व्यवस्था छ।