बाँकेको बैजनाथमा नालामा डुबेर एकको मृत्यु, एक बेपत्ता



बाँके । बाँकेको बैजनाथ गाउँपालिकामा नालामा डुबेर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् ।

पौडी खेल्ने क्रममा वैजनाथ ५ दलिपुर नालामा डुबेर ३५ वर्षे लोकबहादुर सुनारको मृत्यु भएको हो भने वैजनाथ ३ मा रहेको जेठीनाला तर्ने क्रममा बगेर सोही ठाउँका ६५ वर्षका तुलबहादुर बुढा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक एसपी टेकबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्