करेन्ट लागेर मृत्यु तथा घाइते


कंचनपुर ,लालझाडी गाउँपालिका–५ खतडापुर बस्ने २४ वर्षीय शिबराज राणाको करेन्ट लागेर मृत्यु भएको छ । साथै सोही ठाउँ बस्ने २२ वर्षीय जवाया राना, बेलबारी– २ तालगढ बस्ने २० वर्षीय सन्दिप चौधरी, कृण्णपुर नगरपालिका–६ बस्ने १८ वर्षीय अनिल चौधरी तथा उर्मा नगरपालिका–१६ बस्ने २० वर्षीय बालकृष्ण चौधरी करेन्ट लागेर घाइते भएका छन् ।
भिमदत्त नगरपालिका–६ ऐठपुरमा आइतबार बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लाग्दा घाइते भएका उनीहरुलाई उपचारको लागि महाकाली अंचल अस्पताल पठाइएकोमा उपचारको क्रममा रानाको मृत्यु भएको हो । अन्य घाइतेहरुलाई थप उपचारको लागि सेती अंचल अस्पताल धनगढी पठाइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।