ग्लोबल आइएमई बैंकद्वारा कम्प्युटर प्रदान

0
Shares

काठमाडौं, असार १७ । ग्लोबल आइएमई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेको रोसी गाउ“पालिका– ९, मंगलटारस्थित मंगल जन विजय माध्यामिक विद्यालयलाई ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ । काभ्रे जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटरहरु हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

कम्प्युटर हस्तान्तरण कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, पूर्वराज्यमन्त्री शशी श्रेष्ठ, राष्ट्रिय शिक्षा आयोगका सदस्य श्याम श्रेष्ठ, ग्लोबल आइएमई बैंकका सहायक महाप्रबन्धक आरती राणा लगायतको उपस्थिति रहेको थियो ।

बैंकले १२९ शाखा, ५ एक्सटेन्सन काउन्टर, १३२ एटीएम, ९२ वटा शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।