ट्याक्टरबाट हामफाल्दा मृत्यु


सुरुङ्गा, झापाको बुद्धशान्ति गाउँपालिका– ३ बुधबारेमा ट्याक्टरबाट ओर्लने क्रममा एक व्यक्तिको मृत्यु भएको छ ।
मृतकको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार उनी पुलचौकबाट ट्याक्टरमा लिफ्ट मागेर बुधबारे आएका थिए ।
मेची राजमार्गको बुधबारे सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ ढुङ्गा बोकेर आउँदै गरेको मे १ त ५८७३ नम्बरको ट्याक्टरबाट उनी हाम फालेका थिए । गुड्दागुड्दै गरेको ट्याक्टरबाट हाम फालेका उनलाई ट्याक्टरको पछाडिको चक्काले किचेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।
ट्याक्टरले किचेर गम्भीर घाइते भएका उनलाई तत्काल बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि ल्याइए पनि उनको अस्पताल ल्याए लगत्तै मृत्यु भएको हो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।