आगलागीबाट पाँच लाख बराबरको क्षति


गौशाला, महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो ।

सो आगलगीमा परी मिठाई पसलभित्र रहेको मिठाई, नगद, भाँडाकुडा, फर्निचर र मिठाई पसलसमेत जलेर रु पाँच लाख मूल्य बराबरको क्षति भएको पीडित मिठाई पसले साहले बताउनुभयो ।

मिठाई पसलमा काम गरिरहेको र ग्राहकसमेत खचाखच भरिएको बेला पसलमा अचानक आगलागी भएकाले हेर्दाहेर्दै सबैथोक जलेर नष्ट भएको पीडित मिठाई पसलेले साहको भनाइ छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।