उद्योगलाई अल्टिमेटम

0
Shares

हेटौंडा,(नेस)
उद्योगले मजदूरलाई अन्य जिल्लामा सरुवा गरेपछि मजदूरले आपत्ति जनाएका छन् । उनीहरुले उद्योगले ‘धम्कीपूर्ण व्यवहार’ देखाएको भन्दै उद्योगलाई अल्टिमेटमपत्र बुझाएका छन् ।

औद्योगिक क्षेत्रमा रहेको प्रोजिओकेभ उद्योगमा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले अल्टिमेटमपत्र बुझाएको हो । अल्टिमेटमपश्चात् उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

पत्रमा उद्योगले मजदुरहरुस“ग छलफल नगरी प्लान्ट अन्यत्र जिल्लामा सार्ने भन्दै उद्योगले जेठ ३१ गते मजदूरलाई जानकारी गराएको थियो । सोही पत्रका अनुसार २४ मजदूरमध्ये १६ जनालाई बाराको परवानीपुरमा सरुवा गरी त्यहीं काम गर्न निर्देशन दिइएको संघले गुनासो गरेको छ ।

हेटौंडामा हाल कार्यरत मजदूरलाई अन्य जिल्लामा पठाउन खोजिएकाले अन्य जिल्लामा सरुवा नगर्न मजदूरहरुको माग गरेका छन् । अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदूर संघ प्रोजियोकेभ प्रालि एकाई अध्यक्ष थलप्रसाद गौतमले कम्पनीले विभिन्न बहानामा मजदूरलाई रोजगारमुक्त गराउन खोजेको दाबी गर्नुभयो । उहा“ले अब पूर्णरुपमा आन्दोलनमा जाने बताउनुभयो ।

मजदुरले अन्य जिल्लामा गएर काम गर्दा कम्पनीको तलबले धान्न सास्ती हुने भएकाले हेटौंडाका मजदूरलाई यहीं“ राख्न मकवानपुर प्रशासन र श्रम कार्यालयमा आग्रह गरेका छन् ।