पोखरा विमानस्थलको १२ प्रतिशत काम पूरा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा निर्माणधीन रहेको पोखरा विमानस्थलको १२ प्रतिशत काम पूरा भएको छ । सन् २०२१ को जुलाई १० मा सम्पन्न गर्ने उद्देश्यका साथ शुरु गरिएको विमानस्थलको हाल रनवेमा माटो भर्ने काम भइरहेको छ ।

रनवेमा करिव ८ लाख घनमिटर मोटो भर्ने काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख बिनेश मुनकर्मीले जानकारी दिनुभयो । उहा“ले भन्नुभयो– ‘करिब ४५ प्रतिशत माटो भर्ने काम पूरा भएकोे छ ।’ विमानस्थलको पूर्वी भागमा माटो भर्ने काम भइरहेको छ ।

७ महिनाको अवधिमा आयोजनाले यो लिएको गति सम्रग कामको मूल्याङ्कन गर्दा कुल कामको १२ देखि १५ प्रतिशत काम रहेको प्रमुख मुनकर्मीको भनाइ छ । कुल ३७ सय रोपनीमा निर्माण हुन लागेको विमानस्थल सरकारको राष्ट्रिय गौरवका आयोजनामध्येको एक रहेको छ ।

चिनिया“ कम्पनी सीएएमसी इन्जिनियरिङले निर्माण सम्पन्न गर्ने ठेक्का पाएको आयोजनाको चिनिया“ सरकारको नै सहुलियत ऋणमा विमानस्थल बन्न लागेको हो ।

करिब २२ अर्बको रुपिया“ लागतमा निर्माण गर्न लागिएको आयोजनाको पेरीफेरीको लागि ६० रोपनीको मुआब्जा वितरण गर्ने काम पनि भइरहेको विमानस्थल आयोजनाले जनाएको छ । इपीसी मोडेलमा निर्माण गर्न लागिएको विमानस्थलको समय सीमाभन्दा ६ महिना अगावै निर्माण समापन हुने बताइएको छ ।

हाल १ सय ७० जनाभन्दा बढी कामदार आयोजनाको लागि २ दर्जनभन्दा बढीका ह्याभी इक्वीपमेन्ट आयात भइसकेको छ । त्यस्तै २० डोजर २० स्काभेटरले आयोजना निर्माणको काम गरिरहेको छ ।

प्राविधिक ५० जनाको समूहमा ३० चिनिया“सहित २० नेपाली प्राविधिकले विमानस्थलको निर्माणमा तीव्रता दिइरहेका छन् । यता निर्माणका लागि हाल चीनबाट ३६ टिपर, ड्रिल मेसिनलगायतका सामग्री आयात भइसकेको छ । हालसम्म २ अर्व रुपिया“ बराबरको काम पूरा भएको छ ।

निर्माणाधीन विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटरको हुनेछ भने ६० मिटरको चौडाइ रहेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को नियमअनुसार फोरडी मोडलमा निर्माण भएपछि विमानस्थलमा बोईङ र एयर बसले उडान भर्ने छन् ।

आयोजना कार्यान्वयन इकाईका प्रमुख मुनकर्मीका अनुसार हाल विमानस्थलमा पार्किङ टर्मिनल विल्डिङ सबवे ट्रयाक्सी वेको काम भइरहेको छ । निर्माणस्थलमा कडा माटो भएकाले काम गर्न कठिन भएकोे छ । शिल्यान्यास भएको करिब १६ महिनापछि काम शुरु भए पनि गत नोभेम्बरबाट माटो काट्ने र सम्याउने काम थालिएको थियो ।

अन्तर्राष्ट्रिय टर्मिनल १० हजार, आन्तरिक टर्मिनल ४ हजार र कन्ट्रोल टावर १५ सय स्क्यार मिटरको निर्माण हुनेछ ।