मध्यपहाडी लोकमार्गको पर्वत खण्ड दैनिक सात घण्टा बन्द

0
Shares

नेपाल समाचारपत्र, पर्वत
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड शुक्रबारदेखि दैनिक ७ घण्टा बन्द भएको छ । पर्वतको कुस्मा नगरपालिकामा पर्ने चुवाको भीर र मोदी गाउ“पालिकामा पर्ने डिमुवा माहुरी भीरमा सडक फराकिलो बनाउने क्रममा सडक बन्द गरिएको हो ।

कुस्मा नगरपालिकाको खरेहा खोलादेखि मोदी गाउ“पालिकाको अधेरीखोलासम्म विहान १० बजेदेखि दिउ“सो १२ बजेसम्म सडक बन्द भइरहेको छ भने दिउ“सो १ बजेदेखि ४ बजेसम्म पनि सडक बन्द गरिएको छ ।

सा“झ ६ बजेदेखि राती ८ बजेसम्म पनि सडक बन्द गरेर सडक निर्माणको कामलाई निरन्तरता दिएको छ ।

निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भूसालका अनुसार माहुरी भीरमा २ स्थानबाट सडक फराकिलो बनाउने काम भइरहेको छ भने चुवा भीरमा एक ठाउ“बाट काम थालिएको छ । अझै थप स्काभेटर परिचालन गरी दुवै ठाउ“मा ३÷३ ठाउ“बाट सडक फराकिलो बनाउन काम तीव्र बनाउने योजना रहेको भूसालले बताउनुभयो ।

‘वर्षा याममा यात्रुको चाप पनि कम हुने र सवारी साधन पातलो चल्ने कारणले सात घण्टा सडक बन्द गरेर काम गर्ने निर्णय हो ’ प्रोजेक्ट म्यानेजर भूसालले भन्नुभयो–‘दुवै कठिन भीरमा दुई महिनाभित्रमा काम सक्ने लक्ष्य राखेर काम गर्दैछौ’

आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरउन्नतीको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले ८३ करोड ९८ लाख रुपिया“मा पर्वत खण्ड स्तरउन्नतीको कामको ठेक्का लिएको छ ।

अहिलेसम्म १२ प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ । यात्रुलाई पनि लगातार बन्द गर्दा समस्या पर्ने भएकाले सडक पनि निर्माण हुने र यात्रुलाई समस्या नहुने गरी बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला गुरुदत्त ढकालले बताउनुभयो । चुवा र माहुरी भीरमा पनि सकेसम्म वैकल्पिक सडक बनाएर आवगमन सहज बनाउने प्रयास भइरहेको पनि उहा“ले जानकारी दिनुभयो ।