पर्वत खण्डमा बन्द हुँदा कास्कीमा समस्या

0
Shares

मध्यपहाडी लोकमार्गमा पर्ने पर्वत खण्डमा सडक बन्द गर्दा कास्की जिल्लाको अन्नपूर्ण गाउ“पालिकाको गिरीचोक नजिक सडक बन्द गर्न भने समस्या भएको छ।

पर्वत खण्डमा बन्द खुलेर पुग्ने सवारी साधनका कारण उही समय तालिकामा सडक बन्द गर्न समस्या भएको निर्माण कम्पनी एपेक्स कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर काशीराज बोहराले जानकारी दिनुभयो । समय तालिका नमिल्दा शुक्रबार सडक बन्द नगरेको र काम रोकिएको उहा“ले बताउनुभयो ।

उक्त कम्पनीले दुई महिनादेखि सडक बन्द गरेर उक्त खण्डमा सडक फराकिलो बनाउने काम गर्दै आएको थियो । बिहान ७ बजेदेखि साढे ८ बजेसम्म, साढे ९ बजेदेखि साढे १० बजेसम्म, दिउ“सो साढे १२ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म सडक बन्द गर्दै आएको थियो ।

उक्त सडक फराकिलो बनाउन गिरीचोक नजिकको पहरोमा अब एक हप्तामा काम सकिने बोहराले बताउनुभयो। उनले लामा कन्ट्रक्सनसं“ग समन्वय गरेर काम गर्ने बताउनुभयो ।