मरिच तस्करीको आरोपमा व्यवसायी पक्राउप्रति उद्योग वाणिज्य संघ रुष्ट

0
Shares

नेपाल समाचारपत्र, वीरगन्ज
वीरगन्ज नाकाबाट छाला निकासी भन्दै भारततर्फ मरिच लैजान खोजेको आरोपमा राजस्व अनुसन्धान विभागले वीरगन्जका उद्योगी सञ्जय अग्रवाललाई हिरासतमा लिएको चार दिनपछि वीरगन्जका एक अर्का व्यवसायी उत्तम अग्रवाल (पटवारी) पनि हिरासतमा लिएको छ ।

राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैयाले राजस्व अनुसन्धानको सिलसिलामा केही कुरा बुझनु पर्ने भएकोले पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा सम्पर्क राख्ने भन्ने व्यहोराको पत्र सा“झको समयमा ७ जनाको टोली आएर स्थानीय व्यवसायी उत्तम अग्रवाल (पटवारी) लाई उपस्थित हुन पत्र थमाएर पक्राउ गरेको हो ।

गत जेठ २१ गते वीरगन्जको मुल नाका पार भएर भारततर्फ प्रवेश गर्न लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरिच बरामद भएको थियो ।
छाला निकासी गर्ने भन्दै कागजात बनाएर मरिच तस्करी गरेको पोल खुलेपछि यसको असुन्धानमा विभागले हात हालेको थियो । तर, भन्सारका कर्मचारीलाई अहिलेसम्म विभागमा उपस्थित गराइएको छैन ।

प्रक्रिया नपु¥याइएको प्रज्ञापनपत्रमा वीरगन्ज भन्सारका अधिकृत उद्धव ढुंगानाको हस्ताक्षर छ । मरिच बोकेको ट्रकका चालक र भन्सार एजेन्ट दिलीप श्रीवास्तवलाई पनि हिरासतमा लिएको छ ।

प्रज्ञापनमा उल्लेख भएको युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकमा मरिच बरामद भएको थियो । अग्रवालले मरिच तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

यता वीरगन्ज उद्योग वाणिज्य संघले उत्तम अग्रवाल (पटवारी) पक्राउको विरोधमा संघका अध्यक्ष ओम प्रकाश शर्माले विज्ञप्ति जारी गर्दै व्यापारीमाथि कुनै न कुनै कारणले धडपकड बढेको भन्दै आपत्ति जनाएका हुन् ।