विश्व बजारः मजदूरका खर्बपति सन्तान

0
Shares

काठमाडौं , (नेस)
विश्वको सबैभन्दा ठूलो इन्टरनेट सर्च ईन्जिन कुन हो ? भन्ने प्रश्नको उत्तर गुगल हो भन्ने कुरा अधिकांशलाई थाहा हुन्छ । तर, दोस्रो कुन हो भन्ने प्रश्न गरियो भने जो कोहीलाई अलमल हुनसक्छ । विश्वको दोस्रो ठूलो सर्च इन्जिनका रुपमा चिनिया“ कम्पनी बैदुलाई लिइन्छ ।

रोबिन ली चीनको सबैभन्दा ठूलो तथा विश्वको दोस्रो ठूलो सर्च इन्जिन बैदुका संस्थापक हुन् । लीको नाम त्यस्ता व्यक्तिहरुको सुचीमा गनिन्छ, जसले आफ्नो परिचय विश्वलाई फरक ढंगले मात्र दिएनन् अधिकांश व्यक्तिलाई लीकै तौर तरिकाले सोच्न पनि बाध्य बनाए । लीले आफ्नो भविष्यप्रति नजरअन्दाज र सही समयमा सही निर्णय गर्न सक्ने क्षमताका कारणले नै आफू सफल भएको बताउ“दै आएका छन् ।

संघर्ष र लगानशीलतालाई उनले कहिल्यै त्यागेनन् । त्यसैको परिणाम हुनसक्छ विश्वका अनलाइन पोर्टलहरुलाई उनीहरुको प्रभावकारिता र प्रयोगकर्ताका आधारमा वर्गीकरण गर्ने ‘एलेक्सा रेन्किङ’का अनुसार बैदु चौंथो स्थानमा रहेको छ। बैदुले गुगलले जस्तै सर्च इन्जिनको काम गर्छ ।
ली चीनको साङसी प्रदेशमा जन्मिएका थिए ।

जहाँ उनले आफ्नो बाल्यकालको अधिकांश समय बिताएका थिए । उनका बाबुआमा दुवै कारखानामा काम गर्ने कामदार थिए । उनको अविभावकका ६ जना सन्तानमा ली मात्र छोरा थिए । एक सामान्य कामदारका बाबजुत पनि उनका अविभावकले उनलाई शिक्षाको महत्वका बारेमा बुझाउन सफल भएका कारण नै आफूले केही नया“ गर्न सकेको लीको बुझाइ छ ।

लीले चीनको पेकिङ विश्वविद्यालयमा इन्फरमेसन मेनेजमेन्ट र स्टेट युनिभर्सिटी अफ न्यूयोर्कबाट कम्प्युटर साइन्स पढेका थिए । उनले सन् २००० मा इरिकस“ग मिलेर बैदुको स्थापना गरेका थिए । ली २००४ देखि बैदुका प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।

ली सन् २०११ मा एसियन सान्टिस्ट म्यागेजिनमा एसियाका उत्कृष्ट १५ वैज्ञानिकको सूचीभित्र अटाएका थिए । उनी २०१४ अगस्टमा संयुक्त राष्ट्रसंघ सेक्रेटरी जेनरलका रुपमा डाटा रिभोलुसन फर सस्टनेबल डेभलपमेन्ट विभागमा रहेका काम गरेका थिए ।

लीले सन् १९९४ मा आईडीडी इन्र्फमेसन सर्भिसअन्तर्गतको ‘डो जोन्स एन्ड कम्पनी’मा सफ्टवेयर प्रोगाम डेभलपरका रुपमा द वाल स्ट्रिट जर्नलको अनलाइन एडिसन निर्माण गरेका थिए ।

उक्त कम्पनीमा उनले ३ वर्षसम्म काम गरे भने सर्च इन्जिन इन्हेन्समेन्टका विषयमा व्यवहारिक ज्ञान हासिल गरे । उनले तयार पारेको रेन्कडेक्स टेक्नोलोजीलाई पछि आफ्नै सर्च इन्जिन बैदुमा प्रयोग गरे ।

उनले विश्वको पायोनियर सर्च इन्जिन कम्पनी इन्फोसिकमा सफ्टवेयर इन्जिनियरका रुपमा रहेर पनि काम गरे । इन्टरनेटमार्फत् तस्वीरको खोजी गर्न सकिने प्रविधि जीओ डककमबाट लीले नै पहिलोपटक प्रयोगमा ल्याएका थिए । बैदुका रुपमा आफ्नै सर्च इन्जिन निर्माण गरेपछि उनले आफूले निर्माण गरेको प्रविधिलाई आफ्नै कम्पनीमा प्रयोग गरे ।

अहिले बैदु चीनको सबैभन्दा ठूलो सर्च इन्जिन कम्पनी हो भने गुगलपछिको दोस्रो ठूलो सर्च इन्जिन हो ।

बैदु स्थापना भएको १ वर्षमै लीको नाम चीनको चीनको उत्कृष्ट १० इनोभेटिभ पायोनियर्सका रुपमा दरियो । सन् २००५ मा आसियन युथ अवार्डबाट सम्मानित भए भने सोही वर्ष उनलाई सीसीटीभी २००५ चाईनिज फिगर अफ् द यअर पनि दिइयो । अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सका अनुसार लीको सम्पत्ति १४ अर्ब अमेरिकी डलर बराबर रहेको छ । ली अर्बपतिको सूचीमा १ सय २४औं स्थानमा र विश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा ५८औं स्थानमा रहेका छन् ।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)