अनियमितता गरेको अभियोगमा अध्यक्ष र सीईओ पक्राउ

0
Shares

काठमडौं (नेस)
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैकिङ कसुरको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । सीआईबीले पाल्पा घर भई हाल गोंगबु बस्ने ५७ वर्षीय हिरा विश्वकर्मा, काठमाडौं खिचापोखरी बस्ने ६५ वर्षीय चण्डेश्वरी प्रधान र ललितपुर उपमहानगरपालिका खुमलटार बस्ने ६५ वर्षीय स्वयम्भु राम जोशीलाई पक्राउ गरेको हो ।

सामुदायिक लघुवित्त वित्तीय संस्था काभे्रका सञ्चालक समिति र तत्कालीन प्रमुख कार्यकारी अधिकृत समेतको मिलेमतोमा नियमविपरित निर्णय गराई रकम प्रवाह गरी वित्तीय संस्थालाई २ करोड ५० लाखभन्दा बढी हानी नोक्सानी पु¥याएको सीआईबीले जनाएको छ ।

पक्राउ परेका हिरा विश्वकर्मा उक्त वित्तीय संस्थाका अध्यक्ष, चण्डेश्वरी प्रधान सदस्य र स्यम्भुराम जोशी प्रमुख कार्यकारी अधिकृत हुन् । उनीहरुलाई पक्राउ गरी उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान गरिरहेको छ ।

तत्कालीन सीईओ स्वयम्भुराम जोशीको आफ्नै संस्था नेपाल महिला उत्थान केन्द्रलाई आधिकारिक निकायको स्वीकृतिबिना मिलेमतोमा २ करोड ५० लाख रुपिया“ ऋण प्रवाह गरेका थिए । जोशीले नेपाल राष्ट्र बैंकको नीति निर्देशन तथा ऐन कानुन विपरित तलबभत्ता लगाएको विभिन्न शीर्षकमा आफूखुशी ७ लाख ४४ हजारभन्दा बढी रकम भुक्तानीसमेत लिएका थिए ।

निर्धारित हदभन्दा बढी संस्थाको शेयर धारण गरेका जोशीलाई नियामक निकायको निर्देशनको अवज्ञा हुने गरी मिलेमतोमा सञ्चालक समितिको प्रमुख कार्यकारी पदमा नियुक्त गरी अनियमितताको श्रृङ्खला शुरु गरिएको प्रहरीले जनाएको छ ।