ठोरीबाट दुईजना पक्राउ


वीरगन्ज, (नेस)
पर्साको ठोरीबाट प्रहरीले प्रतिबन्धित लागू औषध नाइट्रोभेट ट्याबलेट सहित दुई जनालाइ पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक प्रमेश बिस्ट को नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको ९९ पिस ट्याबलेट सहित ठोरिको राइधारा बाट दुई जनालाइ पक्राउ गरेको हो।पक्राउ पर्नेमा चितवन जिल्लाको भरतपुर महानगर पालिका वडा नं १० बस्ने २७ वर्षिय अर्जुन थापा र माडी नगरपालिका ४ बस्ने १९ वर्षिय युगराज महतो रहेका छन् ।

पक्राउ परेका दुबैजनालाइ नाइट्रोभेट ट्याबलेट सहित थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रमेश बिस्टले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।