‘धम्कीपूर्ण सरुवा’ प्रति उद्योगलाई अल्टिमेटम


हेटौंडा, (नेस)
उद्योगले मजदुरलाई अन्य जिल्लामा सरुवा गरेपछि मजदुरले आपत्ति जनाएका छन् । उनीहरुले उद्योगले ‘धम्कीपूर्ण व्यवहार’ देखाएको भन्दै उद्योगलाई अल्टिमेटमपत्र बुझाएका छन् ।

औद्योगिक क्षेत्रमा रहेको प्रोजिओकेभ उद्योगमा अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले अल्टिमेटमपत्र बुझाएको हो । अल्टिमेटमपश्चात् उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

पत्रमा उद्योगले मजदुरहरुसँग छलफल नगरी प्लान्ट अन्यत्र जिल्लामा सार्ने भन्दै उद्योगले जेठ ३१ गते मजदुरलाई जानकारी गराएको थियो । सोही पत्रका अनुसार २४ मजदुरमध्ये १६ जनालाई बाराको परवानीपुरमा सरुवा गरी त्यहीं काम गर्न निर्देशन दिइएको संघले गुनासो गरेको छ ।

हेटौंडामा हाल कार्यरत् मजदुरलाई अन्य जिल्लामा पठाउन खोजिएकाले अन्य जिल्लामा सरुवा नगर्न मजदुरहरुको माग गरेका छन् ।

अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघ प्रोजियोकेभ प्रालि एकाईं अध्यक्ष थलप्रसाद गौतमले कम्पनीले विभिन्न बहानामा मजदुरलाई रोजगारमुक्त गराउन खोजेको दाबी गर्नुभयो । उहाँले अब पूर्णरुपमा आन्दोलनमा जाने बताउनुभयो ।

मजदुरले अन्य जिल्लामा गएर काम गर्दा कम्पनीको तलबले धान्न सास्ती हुने भएकाले हेटौंडाका मजदुरलाई यहीं राख्न मकवानपुर प्रशासन र श्रम कार्यालयमा आग्रह गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।