आगलागी हुँदा ३० लाखको क्षति


नवलपरासी
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको विपीचोकस्थित रमेश हार्डवेयर पसलमा आज दिउँसो आगलागी हुँदा करिब ३० लाखको धनमाल क्षति भएको छ ।

हार्डवेयर पसलमा आगलागी हुँदा पसलभित्र रहेका हार्डवेयरसँग सम्बन्धित सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब रु ३० लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ । आगो स्थानीयबासी, कावासोती नगरपालिकाको दमकल र प्रहरीको सक्रियतामा एक घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।