आगुऔषधसहित ठोरीबाट दुईजना पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको ठोरीबाट प्रहरीले प्रतिबन्धित लागू औषध नाइट्रोभेट ट्याबलेट सहित दुई जनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक प्रमेश बिस्टको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको ९९ पिस ट्याबलेट सहित ठोरिको राइधाराबाट दुई जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० बस्ने २७ वर्षिय अर्जुन थापा र माडी नगरपालिका ४ बस्ने १९ वर्षिय युगराज महतो रहेका छन् ।

पक्राउ परेका दुबैजनालाइ नाइट्रोभेट ट्याबलेट सहित थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रमेश बिस्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्