एम्नेष्टी हिकाष्ट यूथ नेटवर्कको अध्यक्षमा शुलभ बैद्य



काठमाडौं (नेस)
एम्नेष्टी इन्टरनेशन हिकाष्ट यूथ नेटवर्कको दास्रो वार्षीक साधारण सभा सम्पन्न भएको छ । नेटवर्कका संयोजक शुलभ बैद्यको अध्यक्षतामा भएको सधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आयव्यय पारीत गरेको छ ।

साधारण सभाले बैद्यको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । सो अबसरमा मानव अधिकार प्रबद्र्धनमा यूबाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगीता कार्यक्रमको आयोजना गरिएको थियो ।

वक्तृत्वकला प्रतियोगीतामा पुनम भट्ट, सपना तिमील्सीना, कुसुम बास्तोला क्रमश प्रथम, द्धितीय र तृतिय हुनुभएको थियो । प्रतियोगीताको निर्णायक पत्रकार प्रशान्त वली र एम्नेष्टी इन्टरनेशनल नेपालका बोर्ड सदस्य पासाङ शेर्पा रहनुभएको थियो ।

कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपालका नेशनल बोर्ड सदस्यद्धय विपीन बुढाथोकी, हिकाष्ट कलेजका कृषि संकाय संयोजक बिष्णु भट्टराई, विद्यार्थी प्रकाश केसी लगायतले बोल्नुभएको थियो ।

सो अबसरमा एम्नेष्टी इन्टरनेशनल नेपालका नेशनल बोर्ड सदस्य बुढाथोकीले मानब अधिकार प्रबद्र्धनमा यूबाको भूमिका उल्लेखनीय हुने भन्दै हरेक क्षेत्रमा रचनात्मक दवाव आबश्यक रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्