बाजुराका स्थानियलाई अझै झरो बाल्नु पर्ने वाध्यता



दयाराम पण्डित, बाजुरा
बाजुराको हिमाली गाउँपालिकाका करिव ९१ प्रतिशत स्थानियलाई अझै झरो बाल्नु पर्ने वाध्यता छ । जिल्लाका नौ वटै स्थानिय तहमध्य हिमाली गाउँपालिकामा ठुलो संख्यामा नागरिकले हाल सम्म पनि बिजुली बाल्न पाएका छैनन् ।

हिमाली गाउपालिका वडा नं ६ पाडीका १ सय ४५ घरपरिवार बाहेक अरु सबैको उज्यालोको प्रमुख स्रोत भनेकै झरो, टुकि रहेको हिमाली दुई रुम्दीका हस्तबहादुर थापाले बताउनु भयो । हिमाली गाउँपालिका २ रुम्दी कै मोतिकला थापाले पनि कहिले बत्ति आउला र कहिले बालौला, छोरा नातिका दिनमा आय मात्रै नत्र हाम्रा दिनमै त भन्नै सकिदैन, भन्दै बत्ति बाल्ने आसै नभएको प्रतिक्रिया दिए ।

हिमाली गाउपालिकाका १ हजार ६९७ परिवार मध्य १ सय ४५ परिवारले मात्र वत्ति बाल्ने गरेका छन । हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले आफ्नो कार्यकालमा हिमाली गाउपालिका भरि बत्ति बालेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वाडी खोलामा यहि बर्ष भित्रै २०० किलोवाट बत्ति उत्पादन गरिने र अन्य ठाउँमा पनि लघु कार्यकाल भित्र पुरै हिमाली गाउँपालिका झिलीमिली पार्ने ठोकुवा गर्नुभएको छ । बाजुरा जिल्लाका अन्य ८ वटा स्थानिय तहका करिव ९० प्रतिशत घरधुरी विजुली बत्तिको पँहुचमा रहेका छन । जिल्लामा हाल करिव १५०० किलोवाट विद्युत उत्पादन भै रहेको भए पनि आगामी १० बर्ष सम्मका लागि जिल्लाको आवश्यक माग भने करिव ३ मेघावाटको हाराहारिमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रका वहादुर थापाले सचिव जनक ब्यवस्थापक दयाराम पण्डितले बताउनु भएको छ ।

आवश्यक मागको ५० प्रतिशत विद्युत उत्पादन भइरहेको बाजुरामा जिल्लाका विभिन्न स्थानिय उत्पादन भइरहेको छ । त्यसैले यही विद्युत्लाई एकिकृत रुपमा प्रशारण गर्न सके पुरै बाजुरा जिल्लालाई उज्यालो बनाउन सकिने भए पनि माग अनुसारको विद्युत परिपुर्ति भने हुन नसकेको सरोकारालाले बताए ।

बाजुराका २२ हजार ३०३ परिवार मध्य हाल १६ प्रतिशत ३६ सय तहमा ३० परिवारले उज्यालो बाल्न नपाएको देखिन्छ । जसमध्य हिमाली गाउपालिकामा सवै बढी ९१ प्रतिशत परिवार अझै अध्यँरोमा बस्न बाध्य बनेका छन ।

प्रतिक्रिया दिनुहोस्