टाटा गूरु सम्मेलन आयोजना

0
Shares

काठमाडौं, (नेस)
टाटा मोटर्स र सिप्रदी अटोपार्टस्ले संयूक्त रुपमा नेपालमा पहिलो पटक टाटा गुरु सम्मेलनको सफल आयोजना गरेको छ । नेपालमा सुरु गरिएको यस टाटा गुरु सम्मेलनमा टाटा मोटर्सका तर्फबाट जयदीप मटकरले टाटा जेनुइन पार्टस्को बारेमा बताएका थिए ।

मेकानिक्सहरुलाई आफ्नो परिवारको रुपमा एकै ठाउँमा भेला गरी टाटा ब्रान्डका गाडीहरु विश्वासिलो, भरपर्दो र सुरक्षितका साथै मितव्ययी छ भन्ने कुराहरु आफ्ना ग्राहकमा पुर्याउन सफल बनाएकाले उनीहरुलाई थप केही प्राविधिक ज्ञानहरु प्रदान गर्नुको कम्पनीले जनाएको छ ।
साथै आफ्नो दक्षताको विकास गर्ने अवसर तथा विभिन्न विधामा उत्कृष्ट कार्य गरेबापत सम्मान तथा प्रोत्साहनको कार्यक्रमको रुपमा यस सम्मेलनलाई लिइएको कम्पनीबाट जारि गरिएको विज्ञप्तिमा भनिएको छ ।