बुद्ध एयरकाे वाराणसी उडान सुरु

0
Shares

काठमाडौं, (नेस)
बुद्ध एयरले शुक्रबारबाट काठमाडौं–वाराणसी उडान शुरु गरेको छ । सातामा सोमबार र शुक्रवार गरि २ उडान भर्ने गरि बुद्धले उडान शूरु गरेको हो । शुक्रबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले वाराणसी उडानका बारेमा जानकारी दिनु भयो ।

संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले बुद्ध एयरलाई वाराणसी उडानले ‘भिजिट नेपाल ट्वान्टी–ट्वान्टी लागि बुद्धको वनारस–काठमाडौं उडानले नेपालको पर्यटन क्षेत्रलाई थप टेवा पु¥याउने बताउनु भयो ।’ साथै मन्त्री अधिकारीले क्षेत्रीय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले नेपालको पर्यटनवृद्धिमा मद्दत पुग्ने विश्वास व्यतm गर्नु भयो । पर्यटनबाट मात्र नेपालको समृद्धि सम्भव भएको बताउँदै क्षेत्रीय विमानस्थल निर्माणमा सरकार सकारात्मक रहेको बताउनु भयो ।

मन्त्री अधिकारी तथा बुद्ध एयरका प्रवन्ध निर्देशक बस्नेत वाराणसी उडानका सम्पूर्ण यात्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत तथा विदाई गर्नु भयो । वस्नेतले मुक्तिनाथ, पोखरा, काठमाडौं, जनकपुर लगायत नेपालका पर्यटन गन्तव्य र यसक्षेत्रको पर्यटन व्यववसायले यो नियमित उडानबाट नेपालको पर्यटन क्षेत्रमा ठूलो उपलव्धी हुने बताउनु भयो ।

काठमाडौं वाराणसी सातामा दुई उडान सुरु भएसंगै पर्यटकीय तथा धार्मिक यात्रामा जाने तीर्थालुहरुलाई उहाँहरुले विदाइ गर्नु भयो । नेपालबाट वाराणसी यात्रामा गएका यात्रुहरुलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले स्वागत गरेको थिए ।

प्राचीन शहर र सभ्यतासंग जोडिएका शहरहरू हुन् काठमाडौं र वाराणसी । धार्मिक आस्थाका हिसाबले पनि काठमाडौं र वाराणसीको स्थान निकै उच्च रहेको कम्पनीले जनाएको छ, यी दुवै शहर युनेस्को हेरिटेजले सम्मानित तथा संरक्षित संरचनाहरूले भरिएका छन् ।

दुवै शहरलाई बद्ध एयरको उडानले सिधा सम्बन्ध स्थापित गरेको छ । उसले यी दुवै शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय होलिडे प्याकेजहरु पनि सञ्चालनमा ल्याएको जनाएको छ ।

वाराणसीको लागि क्लासिक काशी, बुद्ध ट्रेल जसमा सारनाथ, बोधगया तथा वरपरका अयोध्या, ईलाहावाद, प्रयाग स्नान इत्यादि रहेको छ । यी प्याकेजहरू ३ रात ४ दिन तथा ४ रात ५ दिनका हुनेछन् भने आवश्यकता अनुसार यसलाई बढाउन पनि कम्पनीले जनाएको छ ।

यसै गरि भारतीय तिर्थालु तथा यात्रुहरुको लागि विभिन्न धार्मिक तथा होलिडे प्याकेजहरु पनि रहेको कम्पनीले जनाएको छ । जसमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी दर्शन रहेको छ । युवा वर्गलाई लक्षित गरि हिमालयज ट्रेल, ट्रेकिङ, जंगल सफारी इत्यादि पनि संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

यस उडानबाट तेस्रो मुलुकका पर्यटकहरूलाई पनि नेपाल भित्र्याउन सकिने र सन् २०२० लाई सरकारको भ्रमण वर्ष मनाउने तयारीलाई थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । काठमाण्डौं वाराणसी काठमाण्डौंको उडान अवधि करिव ५० मिनेटको हुनेछ । बुद्ध एयरले अहिले प्रवर्धनात्मक दोहोरो भाडा दर नेपालबाट वाराणसी टिकट १४ हजार रुपियाँ र क्लासिक काशी दर्शनको होलिडे प्याकेज शुल्क २५ हजार रुपियाँ तोकेको छ । काठमाडौं–बनारसको पहिलो उडानमा ३८ यात्रु रहेको कम्पनीले जनाएको छ ।