शिक्षक महासंघ अध्यक्षमा पवित्रा शाही



कालीवहादुर मल्ल, कालिकोट ।
नेपाल शिक्षक महासंघ खाँडाचक्र नगरपालिका अध्यक्षमा पवित्रा कुमारी शाही निर्विरोध निर्वाचित भएकी छन । कालिकोट जिल्ला सदरमुकाम मान्ममा बिहीबार सम्पन्न प्रथम नगर अधिवेशनले उपाध्यक्षमा चन्द्रप्रसाद कोइराला,सचिवमा टेकराज भारती लगाएत ११ सदसीय समिति निर्वाचित गरेको हो ।

‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नाराकासाथ सम्पन्न भएको प्रथम अधिवेशनवाट निर्वाचित पदाधिकारीहरुले स्थानीय तहको शैक्षिक गुणस्तर सुधारका लागि नगरको महासंघ कटिवद्ध भएर लाग्ने प्रतिवद्धता जनाएका छन ।

अधिवेशन उदघाटन कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय महासचिव हंसवहादुर शाही,सिक्षक महासंघ कालिकोटका जिल्ला अध्यक्ष पंखवहादुर शाही,नेपाल सिंक्षक संघका प्रदेश सचिव यमुना वमले देश संघिय गणतन्त्रमा गइसकेकोले शिक्षा क्षेत्रको विकास गर्न परिक्षा प्रणाली,पाठ्यक्रममा सुधार गर्नु पर्ने वताए ।

प्रतिक्रिया दिनुहोस्