दुम्सीको ओढारमा हराएका तामाङको ७ घण्टा पछि उद्धार



ईन्द्र गिरी, संखुवासभा ।

संखुवासभाको चैनपुर स्थित आइतबार भिरको ओढारबाट ७ घण्टा पछि रामबहादुर तामाङलाई उद्धार गरिएको छ । जंगली जनावार दुम्सी मार्ने क्रममा ओढार भित्र पसेका २१ बर्षिय तामाङलाई अचेत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

भिरको ओढारमा दुम्सि मार्न आज विहिवार विहान ५ बजे छिरेका तामाङ बाहिर ननिस्केपछि सगै गएका साथीले प्रहरीलाई खवर गरेका थिए । उनको जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सात घण्टा पछि अचेत अवश्थामा उद्धार गरिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार सारुमगरले बताउनु भयो ।

ओढारमा अक्सिजन सहित गएका प्रहरी जवान भोलाकाजी भण्डारीले उनलाई बाहिर निकालेका थिए । तामाङलाई ओढारको करिव २० मिटर भित्रबाट अचेत अवस्थामा निकालीएको र उनको तुम्लिङटार स्थित मनकामना पोलिक्लिनिकमा उपचार भई रहेको बताईएको छ ।

तामाङ ओढार भित्रबाट बाहिर ननिस्केपछि स्थानीय बुद्धिमाया तामाङ, अमृत तामाङ, सरेस तामाङ र दिलबहादुर तामाङ ओढारमा पस्दा उनिहरु समेत बेहोस भएका थिए ।

उनिहरुको भने स्थानियले तत्कालै उद्धार गरि चैनपुर स्थित प्राथामीक स्वास्थ्य चौकिमा उपचार गरिएको स्थानिय अंम्विका गौतमले बताउनु भयो । उनिहरुले बुधवार दिनभर ओढारमा धुवा लगाएका र आज विहानै उनिहरु दुम्सि मार्न उक्त ओढारमा गएका बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्