स्याउले सब–स्टेसन सञ्चालनमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रदेश नम्बर ७ का पहाडी जिल्लामा विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको १ सय ३२÷३३ केभी सबस्टेसन मंगलबारबाट सञ्चालनमा आएको छ ।

सब स्टेसनलाई मंगलबारबाट चार्ज गरिएको हो । सब स्टेसन निर्माण सम्पन्न भएपछि ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत त्यहींमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ ।

सब स्टेसन सञ्चालनमा आएपछि दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत् स्याउलेबाटै डडेल्धुरा, दार्जुला, डोटी, बैतडी र अछाममा वितरण हुने छ । नेपाल विद्युत प्राधिकरणले अहिले चमेलियाको विद्युत दार्चुलाको बला“चबाट १ सय ३१ किलोमिटर १ सय ३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्याई फेरि ३३ केभीमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो ।

‘अब चमेलियाको विद्युत स्याउले सब स्टेसनबाट ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आपूर्ति हुने, लामो प्रसारण प्रणालीले गर्दा भइरहेको प्राविधिक चुहावटमा कमी आउने छ,’आयोजना प्रमुख रमेशप्रसाद पौडेलले भन्नुभयो । यसबाट त्यस क्षेत्रको वितरण प्रणाली सुदृढ भई विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय हुने अपेक्षा लिईएको छ ।

प्राधिकरणले चमेलिया सञ्चालनमा आउनुभन्दा पहिले पनि अत्तरियाबाटै ३३ केभी प्रसारण लाइनमार्फत प्राधिकरणले ७ नम्बर प्रदेशका पहाडी जिल्लामा विद्युत आपूर्ति गर्दै आएको थियो । अत्तरिया–डडेलधुरा–दिपायल ३३ केभी प्रसारण लाइनमार्फत डडेलधुरा र डोटीको दिपायलमा भएका ३३÷११ केभीका सव स्टेसनमार्फत विद्युत्लाई ११ केभीमा परिणत गरी वितरण हु“दै आएको थियो ।

प्राधिकरणले डडेलधुराबाट बैतडी हु“दै दार्चुलासम्म र डडेलधुराबाट दिपायल हु“दै अछामसम्म विद्युत आपूर्ति गर्दै आएको छ । अब ती क्षेत्रमा चमेलियाको विद्युत् स्याउले सब स्टेसनमार्फत आपूर्ति हुने छ । ३३ केभी प्रसारण लाइन धेरै लामो हुँदा प्रसारण चुहावट बढी हुने र ‘भोल्टेज ड्रप’ हुने समस्या थियो । यी सबै समस्याको समाधान गर्न चमेलिया–अत्तरिया १ सय ३२ केभी प्रसारण लाइन मुनी पर्ने स्याउलेमा सब स्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

सब स्टेसनको निर्माण आर्थिक वर्ष २०७२÷७३ मा शुरु गरिएको थियो । सब स्टेसनमा १ सय ३२÷३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३÷११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ ।