स्थानीयको सक्रियतामा सिमलकोट उज्यालो हुँदै

0
Shares

दयाराम पण्डित, बाजुरा
बुढिगंगा नगरपालिकको वडा नम्बर ७ स्थित ३० किलोवाट बार्जुगाड लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

स्थानियको सक्रियतामा निर्माण भईरहेको उक्त आयोजना पूरा गर्नका लागि उनीहरुले यतिवेला आफ्नो खेती किसानीको कामलाई थाति राखेर घरमा बत्ती बाल्न सक्रिए देखिएका छन् ।

लाल्टीन र टुकीकै भरमा उज्यालो बालिरहेका स्थानियले असारको अन्तिम सम्म गाउँमा जसरी पनि विद्युत सेवा पुु¥याउने गरी काम गरिरहेको स्थानीय उपभोत्ताm भक्त बहादुर विष्टले बताउनुुभयो ।

उक्त लघु जलविद्युत् आयोजनाको विद्युत् गृह निर्माण, नहर निर्माण तथा पोल गाड्ने काम सम्पन्न भई विद्युत् परिक्षण प्रशारणको काम पनि सम्पन्न भईसकेको छ । असारभित्रै उक्त आयोजनाबाट मिलकोट, बाईल र खारेखत गरी ३ सय ५० भन्दा बढी परिवार लाभाम्बित हुने उपभोक्ता समितिका अध्यक्ष तिलक पुरी भनाई छ ।

साबिकको बाह्रबिस गाविस र बुढीगंगा नगरपालिकाको सहयोग गरी हाल सम्म २४ लाख बढी रकम खर्च भएको अध्यक्ष पुुरीले बताउनुभयो । ‘स्थानीयले करिब २० लाख रुपिया“ बराबरको जनश्रमदान गरेकाले थप रकम कहांवाट जुटाउने भन्ने चिन्ता लागेको छ ।’ पुरीले भन्नुुभयो ।

उक्त विद्युत आयोजना निर्माण सम्पन्न गर्न ५० लाख रुपैंया खर्च हुने बताइएकोछ । २०६९ साल देखि निर्माणाधिन अवस्थामा रहेको उक्त लघुजलविद्युतको नहर सापमार्तडी सडक खण्डको नाली प्रयोग गरेकोले नहर निर्माणमा केही सहजता भएकोहो स्थानीयले बताएकाछन् ।