लुम्बिनी एक्स्पो हुँदै

0
Shares

बुटवल, (नेस)
विगतका बर्षहरु जस्तै यस बर्ष पनि रुपन्देही व्यापार संघले बुटवलमा लुम्बिनी एक्स्पो–२०७५ आयोजना गर्ने भएको छ । आगामि पुष ५ देखि १८ गतेसम्म आयोजना हुने एक्स्पो सफल बनाउन संघले आवश्यक तयारी सुरु गरेको छ ।

‘स्वरोजगार आत्मनिर्भता हाम्रो आधार, शहरदेखि गाउ“सम्म व्यापार विस्तार’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै उत्पादन र उपभोक्ता बिचको सम्बन्धलाई थप विविधिकरण गर्न र उपभोतmालाई स्वरोजगार र आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यका साथ लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्न लागिएको संघले जनाएको छ ।

एक्स्पो सम्पन्न गर्न संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति तथा अन्य विभिन्न ४२ वटा उपसमितिहरु गठन गरेको संघका महासचिव प्रकाश ढकालले जानाकारी दिनुभयो ।