पोखरामा यामाहा ‘राइड एन्ड रिट्रिट’

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटर चालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’को आयोजना गरेको छ । गण्डकी अञ्चलका २५ जना यामाहा स्कुटर चालकलाई पोखराको यामाहा डिलर विश्वकर्मा अटोवक्र्सबाट पोखरा बजार हुँदै अतिथि रिसोर्ट लगिएको थियो । जहाँ उनीहरुले एउटा सुखद र रमाइलो दिनको अनुभव गरे ।

पाँच समूहमा विभाजन गरिएका २५ जना स्कुटरचालकलाई ‘पिलो फाइटिङ’, ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, जस्ता खेल खेलाइएको थियो । विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा सहभागी कृति ढुंगानाले यामाहाको यो सुरुवात प्रशंसायोग्य भएको र यसले निरन्तरता पाउने आफुले अपेक्षा गरेको बताउनुभयो । यामाहाले यसअघि काठमाडौं र नारायणघाटमा ‘राइड एन्ड रिट्रिट’को आयोजना गरिसकेको छ । एमएडब्लुले विगत ६ वर्षदेखि नेपालमा स्कुटर भित्र्याउँदै आएको छ । नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् ।