सानिमा लाईफ इन्स्योरेन्स र नेपाल मेडिसिटि बीच सहमति

0
Shares

काठमाडौं (नेस)
सानिमा लाईफ इन्स्योरेन्सका सेवाग्राही तथा कर्मचारीको सुलभ उपचारका लागि नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता भएको छ । जीवन बीमाका लागि उपभोक्ताको पूर्व स्वास्थ्य परिक्षण अब मेडिसिटि अस्पतालले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन बीमा कम्पनीले गर्ने छ ।

नेपाल मेडिसिटि अस्पताल भैंसीपाटीमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सीले हस्ताक्षर गर्नु भयो ।

सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्सुरेन्स कम्पनिका उपभोक्ता र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने गरी सम्झौता भएको हो ।