दक्ष जनशक्ति उत्पादनका लागि १० वर्षे गुरुयोजना

0
Shares

काठमाडौं, नेपाल समाचारपत्र
आन्तरिक श्रम बजारलाई व्यवस्थापन गर्नका लागि दक्ष जनशक्ति उत्पादनका लागि सरकारले १० वर्षे गुरुयोजना ल्याउने तयारी गरेको छ । बजेट विनियोजनमाथि सांसदहरुले उठाएको प्रश्नको संसदमा बुधबार जवाफ दिदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा आवश्यक पर्ने श्रम शक्ति उत्पादनका लागि विशेष गुरुयोजना ल्याउने तयारीमा सरकार रहेको बताउनु भएको हो ।

वार्षिक ५ लाख बढी जनशक्ति कामको खोजीमा श्रम बजारमा आउने भएपनि करिब १ लाख बराबर अर्थात् करीब २० प्रतिशतले मात्र आन्तरिक श्रम बजारमा काम पाउने गरेको अहिलेको अवस्थाको अन्त्य गर्न गुरुयोजना ल्याउन लागिएको मन्त्री विष्टको भनाइ छ।

रोजगार र श्रमका विषयमा सरकारको कार्ययोजनाबारे संसदलाई जानकारी गराउँदै मन्त्री विष्टले केही महिनाभित्रै सात वटै प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृतिको व्यवस्था गरिने, प्रत्येक प्रदेशमा सिपमूलक तामिल केन्द्र सञ्चालनमा ल्याउने, वैदेशिक रोजगारी क्षेत्रका ठगी नियन्त्रण गर्न अबको २० दिनभित्र विशेष अनलाइन प्रणाली सञ्चालनमा ल्याउने तयारीमा सरकार रहेको बताउनुभयो ।

उक्त अनलाईन प्रणाली सञ्चालनका लागि वैदेशिक रोजगार विभाग, राहदानी विभाग, श्रम कार्यालय, र कूटनीतिक नियोगस“ग सहकार्य भईरहेको मन्त्री विष्टको भनाई छ । त्यसैगरी, उहा“ले सरकारले बाल श्रम रोक्न बाल गुरुयोजना ल्याउन लागेकोबारे पनि उहा“ले संसद्लाई जानकारी गराउनु भएकोछ ।