नेपाल समाचारपत्र, काठमाडौं
मुलुकै पहिलो सम्पदामैत्री व्यवसायीक भवन ‘महर्जन कम्प्लेक्स’ निर्माणको अन्तिम चरणमा पुगेको छ । कम्प्लेक्सका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार सुविधा सम्पन्न उक्त भवन केही समयभित्रै सञ्चालन ल्याउनेगरी अन्तिम चयारी चलिरहेको बतायनुभयो ।
सुन्दर र सम्पदामैत्री स्वरूपले न्युरोड क्षेत्रकै शोभा बढाउने उद्धेश्यले निर्माण गरिएको सो भवनको संरचना निकै मजबुत र भूकम्प प्रतिरोधात्मक बनाइएको छ । अत्याधुनिक सुविधायुक्त भवनमा सेन्ट्रल एसी, फ्रेस एयरको लगातार सप्लाइ, जेनेरेटर व्याकअप,आगलागी निन्यत्रण प्रणाली, आधुनिक लिफ्टको व्यवस्था गरिएको छ ।
भवनको बीच भागमा खाली छाडेर बनाएको छ । महानगरीय प्रहरी वृत जनसेवाको ठिक आगाडी रहेको यस भवनमा अत्याधुनिक सीसीटीभी जडान गरिएको छ । प्रालीले भवनमा २४ घण्टा सुरक्षाको व्यवस्था गरेको जनाएको छ ।
एक हजार बेरोजगारलाई रोजगारीको अवसर प्रदान गर्ने गरी करिब ६० वटा पसल रहेको सो भवनमा हगना, रेस्टुरेन्ट तथा सबै प्रकारका फेन्सी पसलहरु संचालन गरिनेछ । अत्याधुनिक व्यावसायीक भवनमा हुने आर्थिक गतिविधिले देशकै अर्थतन्त्रमा टेवा पुग्न विश्वास प्रालिले लिएको छ । सबै सुविधा सहित संचालन गर्न लागिएको सो भवनमा सबै प्रकारका व्यवसाय संचालन गर्न बुकिङ खुला गर्ने तयारी गरेको जनाएको छ ।
पुरानो क्रिष्टल होटलको जग्गा खरिद गरी २०७३ सालमा कामपाबाट नक्सा पास गरी निर्माण शुरु गरेको सो भवन विश्वसम्पदा सुची भित्र रहेको हनुमानढोका दरबार परिसर क्षेत्र भन्दा बाहिर छ । प्रालिले ८ तले कृष्टल भवन भत्काएर चार तले निर्माण गरेको हो ।
स्थानीय निकायले जारी गरेको निर्माण सम्बन्धी मापदण्ड अनुसार भवन निर्माण गरेको प्रालिको भनाई छ । काठमाडौ महानगरपालिकाले स्विकृत गरेको नक्सा अनुसार नियोक्लासिकल भवन निर्माण सम्पन्न गरेको हो । क्रिष्टल भवनले २०२४ साल कातिकमा ५३ दशमलब ३ फिट अग्लो भवन निर्माण गर्न स्विकृत लिएको थियो ।
हाल निर्माण भैरहेको सो भवन विद्यमान कानुन र मापदण्ड अनुसार निर्माण भएको प्रालिले जनाएकोछ । प्रालिले २०७२ सालको शक्तीसाली भुकम्पबाट हुन गएको मानवीय क्षतिलाई समेत दृष्टिगत गर्दै भुकम्प प्रतिरोधात्मक र ‘सेफ्टी फस्र्ट‘ अवधारणा अनुसार भवन निर्माण सम्पन्न गरेको छ ।
प्रालिले ऐन, कानुन, कार्यविधि, निर्देशिका लगायतका सम्पुर्ण कानुन अध्ययन गरेर आफुहरुले मापदण्ड अनुसारनै भवन निर्माण सम्पन्न गरी संचालन गर्ने अन्तिम तयारी गरेको छ ।











प्रतिक्रिया