साना व्यवसायका लागि पनि उपयोगी जेसीबी

0
Shares

काठमाडौं (नेस)
पछिल्ला दुई वर्षमा नेपालको आर्थिक वृद्धिदर घट्दो क्रममा छ तैपनि नेपालमा जेसीबी आयात हुने संख्या भने बढ्दो क्रममा रहेको देखिएको छ भने नेपालमा निर्माण कार्यमा संलग्न हेभि इक्विपमेन्ट मध्ये अधिकांश जेसीबीकै देखिएका छन् ।

पूर्वाधार विकासले तीव्रता पाएस“गै नेपालमा हेभिइक्विपमेन्ट र निर्माण उपकरणको आयात बढेको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने हरेक वर्ष यस्ता उपकरणको आयात एक सय प्रतिशतभन्दा बढीले बढेको छ । सरकारले सडक, सिंचाइ, राजमार्ग, रेल, खानी, रियल स्टेट, सहरी विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेपछि यस्ता मेसिनको माग बढेको एमएडब्लु अर्थमुभर्सले जनाएको छ ।

‘जेसीबी’ ब्राण्डका बेलायती मेसिनहरु भारतमा रहेका प्लान्टबाट बनेर नेपाल आउ“छन् । र सबैभन्दा पहिलो ब्याकहो लोडर बेलायतको स्टाफोर्डसायरमा सन् १९४५ मा संस्थापक जोसेफ साइरिल बामफोर्डले निर्माण गरेका थिए । उनकै नामको छोटो रुप ‘जेसीबी’ हो ।
अहिले ब्याकहो लोडरसँगै एस्काभेटरको लोकप्रियता पनि निरन्तर बढिरहेको छ ।

ठूला परियोजनामा एस्काभेटर र साना र स्थानीय परियोजनामा ब्याकहो रुचाइने गरेको जेसीबीका अधिकारी बताउँछन् । जेसीबीसँग ३ टनदेखि ३८ टनसम्मको एस्काभेटर को कम्प्लिट रेन्ज उपलब्घ छ । पर्फोमेन्स, सेफ्टी, इफिसिएन्सी र रिलायबिलिटी जेसीबीका मेसिनको विशेषता हुन् । अझ नेपालभरि फैलिएको सञ्जालले ग्राहकलाई झनै सजिलो बनाइदिएको कम्पनी बताउँछ ।

तर ठूला परियोजनाहरु मात्र होइन साना व्यवसायीहरुले पनि जेसीबी रुचाउने गरेका उनी बताउँछन् । ब्याकहोले हरेक ग्राहकलाई स्टार्ट अप बनाएको छ । सडक खन्नका लागि मात्र होइन, जग खन्न, कुलो खन्न र कृषि कार्य पनि यसको प्रयोग भइरहेको छ । कल्पनै नगरेका क्षेत्रमा पनि हाम्रा मेसिनहरु प्रयोग भइरहेको पनि उनी बताउँछन् ।