लागूऔषधका मुद्दा प्रतिवर्ष शतप्रतिशत वृद्धि



नेपाल समाचारपत्र, लमजुङ
लमजुङमा लागु औषधका मुद्दा प्रतिवर्ष शतप्रतिसत बृद्धि भएका छन् । पछिल्ला तीन वर्षमा प्रहरीले गरेको कारवाही तथा चलाएको मुद्दाको रेकर्डले त्यस्तो देखाएको हो ।

औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा आयोजना गरिएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक यादव ढकालले सो जानकारी दिनु भएको हो । उहाँका अनुसार आव २०७२/७३ मा लागु औषधका मुद्दा २ वटा चलाएको देखिएको छ । त्यस्तै आव आव २०७३/७४ मा त्यस्ता मुद्दा चार वटा चलाइएको थियो भने चालु आव २०७४÷७५ को असार १२ गतेसम्मको रेडर्क अनुसार ८ जनाका विरुद्धमा लागु औषधका मुद्दा दायर गरिएको छ ।

देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
‘स्वास्थ्य सवल र समृद्ध नेपालको प्रतिवद्धता, लागु औषध अपराध विरुद्धको ऐक्यवद्धता’ भन्ने नाराका साथ अन्तराष्ट्रिय लागुु औषध दूरुपयोग तथा ओसार पोसार विरुद्धको दिवसका सन्दर्भमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा प्रनाउँ खरेलले लमजुङको सदरमुकाम बेसीशहर लागू औषधका हिसावले निकै संवेदनशील बन्दै गएको पाइएको बताउनु भयो ।

उहाँले यो दिवसको सप्ताह व्यापी कार्यक्रमका सन्दर्भमा १९ जना दुर्वसनमा लागेका व्यक्तिलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाएर पठाइएको बाताउनु भयो ।

उक्र अवसरमा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले लागु औषध दुव्र्यसनी तथा ओसार पसार रोक्न सरकारले यथासक्य पहल गरिरहेकोे र यसलाई रोकथाम गर्नका लागि अभिभावको मुख्य दायित्व रहने बताउनु भयो । उहाँले चेतनाको अभावकै कारण पछिल्लो समय लागुऔषध दुव्र्यसनमा लाग्ने युवकहरूको सङ्ख्या बढेको अनुभव सुनाउनु भयो ।

उहाँले लागुऔषध दुव्र्यसन न्युनीकरणका लागि पारिवारिक वातावरण, दौतारी दवाब, उत्सुकता, असफलताका कारण पनि बढ्ने बताउनु भयो । यस कार्यमा अभिभावकको बढी दायित्व हुने ढकालको भनाई छ ।

प्रहरी नायव उपरिक्षक यादव ढकालले लागुऔषध विरुद्ध जिल्लाका विभीन्न विद्यालयमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । उहाँले लागूऔषधको सेवनले समाजमा ठुलो विकृती फैलिदै गएको उल्लेख गदै नियन्त्रणका लागि प्रत्येक परिवारमा सचेतना आवश्यक रहेको औल्याउनु भयो । प्रनाउ ढकालले दुव्र्यसन मुक्त समाज निमार्णका लागि लागूऔषध सेवनबाट हुने असरका बिषयमा विद्यार्थीहरूलाई कलिलै उमेरदेखि सचेत गराउन आवश्यक छ भन्नुभयो ।

सो कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनैतिक दल, सरकारी कार्यालय तथा संघसस्थाका प्रमुख एवं प्रतिनिधिहरू, आमा समूहका प्रतिनिधिहरूका साथै संचारकर्मी लगायतको व्यापक सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्